तेल उत्पादनमा कटौती गर्ने साउदी अरबको घोषणा

नेपालभ्युज

तेल उत्पादनमा कटौती गर्ने साउदी अरबको घोषणा

एजेन्सी। खाडी एसियाली मुलुक साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेलको उत्पादन घटाउने बताएको थियो । उता, ओपेक प्लस देशले सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गरिने बताएका छन् ।

ओपेक प्लस देशमा विश्वका ४० प्रतिशत कच्चा तेल उत्पादन हुन्छ र उनीहरूको निर्णयको असर कच्चा तेलको मूल्यमा पर्छ। सोमबार एसियाको बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशत बढेर ७७ डलर प्रति ब्यारलसम्म पुगेको छ । गत महिना बेलायतमा एक लिटर तेलको मूल्य प्रतिलिटर १२ पेन्स (करिब १९ रुपैयाँ) ले घटेको थियो ।

आइतबार तेल उत्पादक राष्ट्रको बैठक ७ घण्टासम्म चलेको थियो । यो बैठकको नेतृत्व रुसले गरेको थियो । जसमा तेलको घट्दो मूल्यबारे छलफल भएको थियो ।रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकका अनुसार अक्टोबर २०२२ देखि ओपेक प्लस देशहरूले तेल उत्पादनमा प्रतिदिन ३६.६ लाख ब्यारेलले कटौती गरेका छन्।

ओपेक प्लसमा तेल उत्पादक देशहरू र तिनका सहयोगी देश सामेल छन् । यो सङ्गठन पहिले नै प्रति दिन २० लाख ब्यारेल कटौती गर्न सहमत भइसकेको छ, जुन कुल विश्वव्यापी मागको करिब २ प्रतिशत हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved