ओडिसा रेल दुर्घटनामा षड्यन्त्रको आशङ्का

नेपालभ्युज

ओडिसा रेल दुर्घटनामा षड्यन्त्रको आशङ्का

एजेन्सी। ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा षड्यन्त्र भएको आशङ्का गर्दै रेलवे बोर्डले सीबीआई जाँचको सिफारिस गरेको छ । रेलमन्त्री अश्विनी वैष्णवले आइतबार भुवनेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

रेलवे बोर्डले ‘षड्यन्त्र’ लाई अस्वीकार नगरिएको बताएको छ । आइतबार साँझ भुवनेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै वैष्णवले भने, ‘परिस्थिति र हालसम्म प्राप्त प्रशासनिक जानकारीलाई ध्यानमा राख्दै रेलवे बोर्डले यो दुर्घटनाको सिबिआई अनुसन्धानको सिफारिस गर्छ ।’

द हिन्दुमा प्रकाशित रिपोर्टका अनुसार रेलवे बोर्डले ‘सिग्नलमा गडबडी’ लाई दुर्घटनाको मुख्य कारण मानिएको जनाएको छ । यो रेल दुर्घटनामा २७५ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

रेल मन्त्रीले रेलवे सुरक्षा आयुक्तले अनुसन्धान पूरा गरी दुर्घटनाको मूल कारण ट्र्याकको यस भागमा रहेको इलेकट्रोनिक इन्टरलकिङ र अपरेसनल सिग्नल प्रणालीमा समस्या रहेको पत्ता लगाएको पनि जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved