बिहारमा १७ अर्ब भारुको लागतमा बन्दै गरेको पुल भाँचियो

नेपालभ्युज

बिहारमा १७ अर्ब भारुको लागतमा बन्दै गरेको पुल भाँचियो

एजेन्सी । भारतको बिहारमा १७ अर्ब भारुको लागतमा बन्दै गरेको पुल भाँचिएको छ ।

बिहारको भागलपुर जिल्लामा निर्माणाधीन अगुआनी–सुल्तानगञ्ज पुलको एक भाग आइतबार भत्किएको हो। भारतीय समय अनुसार साँझ ६ बजे पुलको एक भाग अचानक भत्किको हो। पुल भत्किएपनि मानवीय क्षति भने नभएको भारतीय संचारमाध्यमले बताएका छन्।

बिहारका मुख्यमन्त्री नितिश कुमारले निर्माणाधीन पुल भत्केको विषयमा छानबिन गर्न आदेश दिएका छन्। भागलपुरका डीडीसी कुमार अनुरागले यो दुर्घटनापछि ब्रिज कन्स्ट्रक्सन कर्पोरेशनसँग रिपोर्ट मागेको बताएका छन्।

पुन निर्माण सुरु भएको ८ वर्ष पूरा भएको छ तर काम सकिएको छैन । आइतबर पुलको एक भाग भाँचिएपछि अब २/३ वर्ष अझै ढिला हुने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved