इन्दिरा गान्धी विमानस्थलमा प्रधानमन्त्रीको बिदाइ

नेपालभ्युज

इन्दिरा गान्धी विमानस्थलमा प्रधानमन्त्रीको बिदाइ

नयाँ दिल्ली। चारदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल फर्किने भएका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।

बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मीनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा उपराष्ट्रपति जगदीप धनकडसँग भेटवार्ता गरेका थिए । उनले मध्य प्रदेशको भ्रमणसमेत गरेका थिए ।

तस्वीर : प्रदीपराज वन्त


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved