प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान

नेपालभ्युज

प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान

काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीको आह्वान गरिएको छ । मङ्गलबार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरुद्ध उजुरी वा सूचना दिनका लागि आह्वान गरेको हो ।

समिति सभापति ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिए । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

समितिको कार्यविधिअनुसार संवैधानिक परिषद्बाट प्रस्तावित व्यक्तिको सिफारिसबारे सर्वसाधारणलाई जानकारी दिने र कुनै सूचना वा उजुरी दिन आह्वान गरिएको हो ।

१० दिनको समय दिएर उजुरी आह्वान भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । कार्कीविरूद्व लिखित वा इमेलमार्फत उजुरी दिन सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved