एजेन्सी । टर्कीको राष्ट्रपतीय निर्वाचनमा रिसेप तैयप एर्दोगानले प्रतिद्वन्द्वी माल कलचदारलुलाई पराजित गर्दै फेरि एकपटक जित हासिल गरेका छन् ।
यो जितबाट एर्दोगानका समर्थकहरु खुसी छन् तर टर्कीको मुद्रामा लिरामा ठूलो गिरावट आएको छ ।यो गिरावटसँगै लिरा कीर्तिमानी न्यून विन्दुमा पुगेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार डलरको तुलनामा लिरा २०.७७ मा झरेको छ, जुन अहिलेसम्मकै न्यून स्तर हो। यो वर्ष अहिलेसम्म लिराको मूल्य करिब सात प्रतिशतले घटेको छ ।
अर्कोतर्फ सेयरमा पनि वृद्धि भएको छ । देशको बेन्चमार्क परिसूचक पाँच प्रतिशतले उकालो लागेको छ भने बैंकिङ परिसूचक चार प्रतिशतले उकालो लागेको छ। मुद्रास्फीति र अन्य आर्थिक कारणले विगत एक दशकमा लिराको मूल्य ९० प्रतिशतले घटेको छ ।
राष्ट्रपति एर्दोगानका लागि आगामी दिनमा अर्थतन्त्र सबैभन्दा ठूलो चुनौती सावित हुने विज्ञहरूको भनाई छ ।
Facebook Comment
Comment