संघीय सरकारबाट ३४ हजार किमि सडक निर्माण र २६६६ मेगावाट बिजुली उत्पादन (आर्थिक सर्वेक्षण पूर्णपाठ)

नेपालभ्युज

संघीय सरकारबाट ३४ हजार किमि सडक निर्माण र २६६६ मेगावाट बिजुली उत्पादन (आर्थिक सर्वेक्षण पूर्णपाठ)

काठमाडौं। संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १०० किलोमिटर पुगेको छ। आइतबार संघीय संसदमा आर्थिक सर्वेक्षण २०७९-८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले कुल जडित विद्युत् क्षमता २ हजार ६६६ मेघावाट पुगेको पनि बताए। जसका कारण वर्षायाममा पनि विद्युत् निर्यात हुन थालेको उनको भनाइ थियो।

यसैगरी, खानेपानी र विद्युतमा ९५ प्रतिशत जनताको पहुँच पुगेको पनि अर्थमन्त्री महतले दाबी गरे। कोभिड–१९ संक्रमणको अवस्था कम हुँदै जाँदा पर्यटकको संख्यामा वृद्धि भई वित्तीय पहुँचमा टेवा पुगेको पनि उनले दाबी गरे।

देशको समग्र आर्थिक अवस्था शंकुचन हुनुमा अन्तराष्ट्रिय आर्थिक परिवेश मुख्य कारण भएको उनको तर्क थियो। विश्व बजारमा पेट्रोलियम पदार्थ लगाएत खाद्यान्न तथा कच्चा पदार्थमा भएको मूल्यवृद्धिका कारण चालु आर्थिक वर्षको सुरुवातमा आयातीत बस्तुको साथै समग्र मूल्यस्तरमा वृद्धि भए पनि अहिले क्रमश मूल्य घट्ने अवस्थामा रहेको उनले सुनाए।

चालु आर्थिक वर्ष २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने सरकारको अनुमान रहेको समेत उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved