सार्वजनिक संस्थानबाट सरकारलाई ६ अर्ब लाभांश

नेपालभ्युज

सार्वजनिक संस्थानबाट सरकारलाई ६ अर्ब लाभांश

काठमाडौं। देशमा सञ्चालित सार्बजनिक संस्थानहरूबाट सरकारलाई ६ अर्ब लाभांश प्राप्त भएको छ। आर्थिक सर्वेक्षण २०७९-८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । देशका उत्पादनमुलक संस्थाहरू बन्द रहेपछि सेवामुलक र व्यापारमूलक संस्थानहरू सञ्चालनमा हुँदा सरकारले ६ अर्ब लाभांश पाएको हो। यो सरकारको लगानीको १ प्रतिशत हो।

यसैगरी, अर्थमन्त्री डा. महतले निजीकरण गरिएका, गरिने र सरकारी स्वामित्वमा सञ्चालन हुने सबै प्रकारका सार्वजनिक संस्थान उद्देश्यअनुरूप सञ्चालन भए नभएको वस्तु तथा सेवाको गुणस्तर र सेवाग्राही सन्तुष्टि समेत अनुगमन एवं मुल्याङकन गरी नियमित सुधार गर्दै जाने समेत बताए।

सार्वजनिक संस्थान प्रभावकारी रूपमा सञ्चालन हुन नसकिरहेका र सार्वजनिक क्षेत्रभित्र राखीराख्न आवश्यक नरहेकोलाई सरकारले निजीकरणको लागि पहल गर्नेसमेत उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved