नेपाल काजाकिस्तानसँग पराजित

एनएससी–काभा महिला भलिबल

यससँगै उपाधिको लागि काजकिस्तान र भारत आमने सामने हुनेछन्।

नेपालभ्युज

नेपाल काजाकिस्तानसँग पराजित

काठमाडौं। नेपाल एनएससी–काभा भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपमा शुक्रबार भएको खेलमा नेपाल काजकिस्तानसँग ३–२ सेटमा पराजित भएको हो।

पहिलो सेटमा नेपाल काजकिस्तानसँग ३०–२८ ले पराजित भयो। दोस्रो सेटमा नेपालले काजकिस्तानलाई २५–१६ ले पराजित गर्‍यो ।

तेस्रो सेटमा भने नेपालले काजकिस्तानलाई २५–१५ ले पराजित गर्‍यो । चौथो सेटमा नेपाल काजकिस्तानसँग २५–१८ ले पराजित भयो। यससँगै खेल २–२ को बराबरीमा पुग्यो। पाँचौँ सेटमा भने नेपाल १५–७ ले पराजित हुन पुग्यो।

यससँगै उपाधिको लागि काजकिस्तान र भारत आमने सामने हुनेछन्। नेपालले अब तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यो नेपाल र काजकिस्तानबीचको पहिलो भिड्न्त थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved