‘चीन–अमेरिका द्विपक्षीय सम्बन्धलाई पुनः सही बाटोमा ल्याइनुपर्छ’

नेपालभ्युज

‘चीन–अमेरिका द्विपक्षीय सम्बन्धलाई पुनः सही बाटोमा ल्याइनुपर्छ’

न्युयोर्क । संयुक्त राज्य अमेरिकाका लागि चीनका नवनियुक्त राजदूत सी फेङले वासिङ्टनलाई चीनसँग वार्ता बढाउन, मतभिन्नता व्यवस्थापन गर्न र सहयोग प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

‘जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार अपराह्न आइपुगेका सीएले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ‘राष्ट्रपति सी चिनफिङबाट संयुक्त राज्य अमेरिकाका लागि १२ औं चिनियाँ राजदूतको रूपमा नियुक्त गर्न पाउँदा म निकै गौरवान्वित छु । मेरो काम सम्बन्धहरूलाई सही मार्गमा फर्काउने हुनेछ ।’

उनले भने, ‘हाल, चीन–अमेरिका सम्बन्धमा गम्भीर चुनौतीहरू आएका छन् चिनियाँ राष्ट्रपति सी चिनफिङले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको भलो हुनेगरी सहकार्यका तीन सिद्धान्तअघि सार्नुभएको छ, जसले नयाँ युगमा दुई देशलाई एकअर्कासँग घुलमिल हुनका लागि आधारभूत र सही मार्गको प्रतिनिधित्व गर्दछ ।’

उनले थपे, ‘हामी आशा गर्दछौं कि संयुक्त राज्य अमेरिका चीनसँग पनि त्यही दिशामा अघि बढ्नेछ, र दुई जनता र विश्वको साझा हितमा काम गर्नेछ । ताइवान प्रश्न जस्ता महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरूलाई चीन–अमेरिकाको तिनै तीन सिद्धान्तअनुसार उचित तरिकाले समाधानको पहल गरिनेछ ।’  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved