काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा खुमलटारले सातदोबाटोलाई १–० गोलअन्तरले पराजित गरेको हो।
खुमलटारको लागि मेसुके ओलोमाउले गोल गरे। खेलको ३७औँ मिनेटमा मेसुकेले गरेको गोल नै निर्णायक बन्यो। यससँगै खुमलटारले २० खेलबाट २१ अंक जोडेको छ। खुमलटार अंक तालिकाको पुछारमा छ। २० खेलबाट २९ अंक जोडेको सातदोबाटो भने चौथो स्थानमा छ।
यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्यो।
नेपाल पुलिसको लागि अहमद हिजाजीले गोल गरे। २७ औँ मिनेटमा अहमदले पुलिसको लागि निर्णायक गोल गरे। यस्तै, २० खेलबाट २५ अंक जोडेको पुलिस आठौँ स्थानमा छ। २० खेलबाट २६ अंक जोडेको थ्री स्टार छैँटौँ स्थानमा छ।
Facebook Comment
Comment