शरणार्थी प्रकरणमा ओलीले आफूलाई भने- ‘बाघ भोकै मर्छ घाँस खाँदैन’

यो प्रकरण सरकारले नभएर आफैँ बाहिर आएको ओलीले बताए। ‘यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ उनले भने।

नेपालभ्युज

शरणार्थी प्रकरणमा ओलीले आफूलाई भने- ‘बाघ भोकै मर्छ घाँस खाँदैन’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन्। संसद् बैठकमा बोल्दै ओलीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको आरोप लगाए।

यो प्रकरण सरकारले नभएर आफैँ बाहिर आएको ओलीले बताए। ‘यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ उनले भने।

आफ्नो सरकारकाे पालामा प्रतिवेदन मैले होल्ड गरेको र पछिल्लो सरकारले गडबड गरेको उनको आरोप थियो।

उनले भने, ‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए। मेरो पालामा एउटा समिति बनेको हो। त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ। मलाई त त्यसबेला पिङ खेलाएको खेलाएकै थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन। पछि अर्को सरकारको पालामा कागज फेरि यो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो।’

ओलीले आफूले कुनै हालतमा गडबड नगरेको बताए। उनले भने– ‘‘बाघ भोकै मर्छ घाँस खाँदैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved