उखु किसानको समस्या तत्काल समाधान होस् : सांसद अमेरश कुमार

नेपालभ्युज

उखु किसानको समस्या तत्काल समाधान होस् : सांसद अमेरश कुमार

काठमाडौं। सांसद अमेरस कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै सांसद सिंहले अहिलेसम्म उनीहरूले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे ।

धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको बताउँदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने ? कसरी मल किन्ने कसरी बिउ किन्ने ? किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहेनत गरेर उखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ, त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् ।

उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved