प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ८०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved