एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा ९ जनाको ज्यान गयो

नेपालभ्युज

एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा ९ जनाको ज्यान गयो

एजेन्सी। एल साल्भाडोरको राजधानी सान साल्भाडोरको एक फुटबल रंगशालामा भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सात पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ ।मोन्युमेन्टल स्टेडियममा स्थानीय टोली अलियान्जा र सान्ता आनामा आधारित टोली फासबीचको खेलका क्रममा भागदौड मच्चिएको हो ।

त्यसपछि करिब १० मिनेटको खेल रोकिएको थियो । गेटहरू बन्द गरिसकेपछि ठूलो संख्यामा प्रशंसकहरू मैदानमा प्रवेश गर्न खोज्दा भागदौड सुरु भएपछि यो विपत्ति भएको बताइएको छ। देशको प्रिमियर डिभिजनको क्वार्टरफाइनल भिडन्तमा दुई पक्षहरू आमनेसामने भएका थिए ।

स्थानीय मिडियाले साझा गरेको फुटेजले फ्यानहरूले स्टेडियमको प्रवेशद्वारमा ब्यारिकेडहरू तान्न खोजेको देखाएको देखिन्छ।  एल साल्भाडोरका राष्ट्रपति नाइब बुकेलेले प्रहरीले के भयो भनेर “विस्तृत अनुसन्धान” गर्ने बताएका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘दोषी जोसुकै भए पनि सजायबाट बाहिरिने छैन ।

एल साल्भाडोरका स्वास्थ्य मन्त्री फ्रान्सिस्को अलाबीले ट्वीट गरे कि सरकारले नजिकैका अस्पतालहरूबाट स्टेडियममा एम्बुलेन्सहरू तैनाथ गरेको छ र घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved