आज पनि पहाडी क्षेत्रमा असिना पानीको सम्भावना

नेपालभ्युज

आज पनि पहाडी क्षेत्रमा असिना पानीको सम्भावना

काठमाडौं । पछिल्ला केहि दिनदेखि पहाडी क्षेत्रमा सक्रिय रहेको पश्चिमी र स्थानीय वायुको असर आज आइतबार पनि देखिने भएको छ।

दुई वटा प्रणालीको असरका कारण आज पनि पहाडी क्षेत्रमा हावाहुरी र असिना पानीको सम्भावना छ ।

पहाडी क्षेत्रका धेरैजसो ठाउँमा आज पनि बेलुकीपख मेघगर्जनसहित असिना पानी र चट्याङ पर्ने मौसमविद् वरुण पौडेलले बताए ।

तराईका केही जिल्लामा भने तीव्र गतिमा हुरी चल्ने अनुमान छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । तर दिउँसो र बेलुकाको समयमा तीव्र गतिमा हावा चल्न थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved