अब भारतमा दुई हजारको नोटमा पनि प्रतिबन्ध

नेपालभ्युज

अब भारतमा दुई हजारको नोटमा पनि प्रतिबन्ध

काठमाडौं। भारत सरकारले दुई हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ। यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन शुरु गरेको थियो।

सो नोट चलाउन शुरु गरेको ७ वर्षमा नै फेरि २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो। भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिँदै अब दुई हजारका नोट बजारमा आउने छैनन्।

बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने दुई हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन।

रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।

रिजर्भ बैंकले दुई हजारको नोट साट्नका लागि २३ मेदेखि ३० सेप्टेम्बरसम्मको समय दिएको हो।

एक पटकमा बढीमा १० नोट अर्थात् २० हजार रुपैयाँमात्र साट्न पाइने छ। तर नोट जम्मा गर्न भने कुनै सीमा तोकिएको छैन ।

रिजर्भ बैंकले सन् २०१८–१९ देखि दुई हजारका नयाँ नोट छाप्न बन्द गरिसकेको थियो।

मोदी सरकारले सेप्टेम्बर ३० पछि पनि पैसा बैंकमा जम्मा गर्नका लागि रोक भने नलगाइएको जनाएको छ । ताकि सबैले बैंकमा रकम जम्मा गरुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved