कोपिला किताबबाट प्रकाशित ‘टेल्स एन्ड लाईज’ शृङ्खला अन्तर्गतका पाँच बालपुस्तकको लोकार्पण

नेपालभ्युज

कोपिला किताबबाट प्रकाशित ‘टेल्स एन्ड लाईज’ शृङ्खला अन्तर्गतका पाँच बालपुस्तकको लोकार्पण

काठमाडौं। बाल साहित्यको लागि चर्चित प्रकाशन संस्था कोपिला किताबबाट प्रकाशित ‘टेल्स ७ लाईज’ शृङ्खला अन्तर्गतका पाँच बालपुस्तकको लोकार्पण भएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाहल, नक्सालमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपतिलगायत स्रष्टाहरूले बालपुस्तकको लोकार्पण गरे।

पाँच पुस्तकमध्ये ३ वटा लोककथाका छन्। २ वटा किंबदन्तीमा आधारित कथा छन्। ‘बेखामान र राक्षस’ का लेखक विक्रम भक्त जोशी हुन् भने चित्रकार शोभित मान बानियाँ हुन्।

यस्तै कपासको घोडाका लेखक इन्द्र चौधरी हुने भने प्रकाश रञ्जितले चित्र कोरेका हुन्। यस्तै बाल कथा ‘अन्नको बखान’ जितेन्द्र बस्नेतले लेखेका हुन् भने सुमन महर्जनले चित्र कोरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved