काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । आज २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको हो । पछिल्लो समय निरन्तर घटेको बजार मंगलबार पनि सामान्य बढेको थियो ।
बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसूचकहरूमा हरियाली देखिएको छ ।
परिसूचक दोहोरो अङ्कले बढ्दा सबै १३ वटै समूहमा सुधार आएको छ । जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै (२.२८ प्रतिशत)ले कमाएका छन् । यस दिन आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रिनलाइफ हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यसैगरी, सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनी समूहको सेयर मूल्य १७१ अङ्कले बढेको छ भने जीवन बिमा समूह ९३ अङ्कले बढेको छ ।
Facebook Comment
Comment