रविलाई अदालतको अर्को उल्झन, अमेरिकी राहदानी त्यागेको निस्सा माग्यो

राहदानी दुरुपयोगमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा उनले नेपाली नागरिकता लिँदा अमेरिकी नागरिकता र राहदानी त्यागेको प्रमाण पेस नगरेको दाबी गरिएको थियो। सोही मुद्दाको प्रक्रियामा अदालतले प्रमाण मागेको हो।

नेपालभ्युज

रविलाई अदालतको अर्को उल्झन, अमेरिकी राहदानी त्यागेको निस्सा माग्यो

काठमाडौं। सर्वोच्च अदालतको प्रशासनले जिल्ला प्रशासन र अध्यागमन विभागसँग रवि लामिछाने अमेरिकी राहदानी त्यागेको प्रमाण मागेको छ।

निष्क्रिय नागरिकतासँगै दोहोरो राहदानीको मुद्दामा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग अमेरिकी राहदानी त्यागेको निस्सा मागेको हो।

अदालतको रिट तथा मुद्दा महाशाखाले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र अध्यागमन विभागसँग लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा भए उपलब्ध गराउन पत्र पठाएको हो।

नागरिकता निष्क्रिय रहेको प्रमाणित भएसँगै सांसद पद गुमाएका उनी उपनिर्वाचनमा पुन निर्वाचित भएर आएकाा छन्।

राहदानी दुरुपयोगमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा उनले नेपाली नागरिकता लिँदा अमेरिकी नागरिकता र राहदानी त्यागेको प्रमाण पेस नगरेको दाबी गरिएको थियो। सोही मुद्दाको प्रक्रियामा अदालतले प्रमाण मागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved