काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले एपीएफ फुटबल क्लबलाई पराजित गरेको छ।
च्यासल रंगशालामा मङ्गलबार भएको खेलमा नेपाल पुलिसले एपीएफलाई १–० गोलअन्तरले पराजित गरेको हो।
पुलिसको लागि मोसेस ट्वमले निर्णायक गोल गरे।खेलको ६१ औँ मिनेटमा पुलिसको लागि मोसेस ट्वमले गोल निर्णायक गोल गरे।
यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको हो।
खेलको ६८औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। खेलको ८६औँ मिनेटमा दिनेश हेन्जनले आर्मीको लागि हेडर गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए।
यससँगै थ्री स्टारले १८ खेलबाट २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। १८ खेलबाट २५ अंक जोडेको आर्मी भने छैटौं स्थानमा छ।
Facebook Comment
Comment