जुम्लामा अटोरिक्सा दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

जुम्लामा अटोरिक्सा दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

सुर्खेत। जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकामा जाँदै गरेको अटोरिक्सा दुर्घटना भएको छ । सदरमुकाम खलंगादेखि पातारासी  जाँदै गरेको क‍. १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटनामा परी एक जनाको मृत्यु हुनाका साथै दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा जुम्ला चन्दननाथ नगरपालिका– १० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

पातारासी गाउँँपालिका– ३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका– ९ का गोविन्द सार्की घाइते भएका छन् । घाइते दुईजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

अटोरिक्सा पातारासी–७ स्थित कोटाभीरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रह्लाद कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved