वैसाखमा १ लाख २६ हजार भन्दा बढीले गरे मनकामना केबलकारको यात्रा

नेपालभ्युज

वैसाखमा १ लाख २६ हजार भन्दा बढीले गरे मनकामना केबलकारको यात्रा

काठमाडौं । गत वैशाखमा कोभिडपछिकै धेरै यात्रुले मनकामना केबुलकारको यात्रा गरेका छन्। वैशाख महिनाभरी कुल १ लाख २६ हजार ३३८ जनाले यात्रा गरेको केवलकारले जनाएको छ ।

यस आधारमा दैनिक औसतमा ४००० भन्दा बढीले केबलकारबाट मनकामनाको यात्रा गरेका छन् । यो केबलकारले चालु आर्थिक वर्षमा ८ लाख ७० हजार भन्दा बढी यात्रुलाई सेवा दिएको पनि जनाएको छ । आषाढ सम्म १० लाख भन्दा बढीलाई सेवा दिने लक्ष्य राखिएको छ ।

कुल यात्री मध्ये ७१ प्रतिशत नेपाली र २४ प्रतिशत भारतीय रहेको पनि केबलकारले जनाएको छ । पछिल्लो पटक भारतीय यात्रुको संख्या उल्लेखनीय रुपमा बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved