पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन् ।

नेपालभ्युज

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । प्रहरीकाअनुसार प्रतीकविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरिएको हो ।

यसअघि प्रतीकले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए । तर, संलग्न रहेको प्रमाणहरू पाएपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोत बताउँछ ।

रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीकविरुद्ध पनि सोझिएको थियो । आज मात्रै पूर्वसभासदसमेत रहेका कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved