काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका अन्य काण्डहरू पनि अनुसन्धान हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको बृहत् आन्दोलनमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरू अनुसन्धान भए सरकारको सफलता मान्ने बताए । उनले भुटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।
‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यतिधेरै पनि नलियौं होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरू लाइनमा छन् । ती काण्डहरू पनि अनुसन्धान हुन् । अनि हेर्छौं’ सभापति लामिछानेले भने, ‘सरकारले यसलाई शुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनुभएन । अहिलेलाई विषयान्तर गर्न कसैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । सबै नांगिईसक्यो अब किन छेक्ने ।’
उनले सरकारले अन्य लाइनमा रहेको काण्डहरू अनुसन्धान नरोक्न आग्रह गरे ।
Facebook Comment
Comment