धरानका मेयर हर्कविरुद्ध उत्रिए सुनसरीका पत्रकार

नेपालभ्युज

धरानका मेयर हर्कविरुद्ध उत्रिए सुनसरीका पत्रकार

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईविरुद्ध सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् ।

मेयर राईको अभिव्यक्ति र व्यवहारले आफूहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ, सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

मेयर राईले सामाजिक सञ्जालमा समेत पत्रकारहरूको विरोध गर्न आफ्ना समर्थकहरूलाई उक्साएको महासंघले आरोप लगाएको छ ।

मेयरको हर्कतविरुद्ध आफूहरू सुरक्षाको माग गर्न सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्री सम्म पुग्नुपर्ने अवस्था आएको भन्दै पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।

सामाजिक सञ्जालमार्फत मेयर राईले आफूहरूविरुद्ध सकर्थकहरूलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए ।

“फेसबूकबाट व्यक्त गर्ने विचारहरूले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरुलाई उक्साइरहेको छ भन्ने हाम्रो ठम्याइँ हो,” महासंघका अध्यक्ष राईले भनेका छन्, “त्यो कारणले हामी यहाँ असुरक्षित छौं । धरान कार्यक्षेत्र बनाएका साथीहरूलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नुहोला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौं ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved