तेह्रथुममा डढेलो निभाउन गएका आमाछोराको जलेर ज्यान गयो

नेपालभ्युज

तेह्रथुममा डढेलो निभाउन गएका आमाछोराको जलेर ज्यान गयो
प्रतीकात्मक तस्वीर ।

तेह्रथुम । तेह्रथुममा वनको डढेलो निभाउन गएका आमाछोराको जलेर ज्यान गएको छ  ।

तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पञ्चकन्यामा जंगलमा लागेको आगो निभाउन गएका ५५ वर्षीया दिलकुमारी भुजेल र छोरा १६ वर्षीय कुमारको ज्यान गएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ । घटनामा थप ४ जना घाइते भएका छन् ।

पञ्चकन्याको गढी सल्लेरी सामुदायिक वनमा बुधबारदेखि लागेको डढेलो गाउँमा पस्न थालेपछि आमछोरा नै आगो निभाउन जंगल गएका थिए । वनको डढेलो गाउँमा परेर ४ वटा घर जलेर नष्ट भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved