काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको हो। च्यासल रंगशालामा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
यससँगै १७ खेलमा ३० अंक जोडेको जावलाखेल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। १७ खेलमा १९ अंक जोडेको फ्रेन्ड्स ११औँ स्थानमा छ।
जावलाखेलका लागि राहुल राहुल, कोटो मासोबी र फोडे फोफानाले गोल गरे । फेन्ड्सको लागि भने श्याम बी कक्षपतिले गोल फर्काए। खेलको २०औं मिनेटमा राहुलले गोल गरेसँगै जावलाखेलले अग्रता लियो। २६औं मिनेटमा मासोबीले फेन्ड्सको लागि खोस्रो गोल गरे।
६३ औँ मिनेटमा मासोबीले फ्रेन्ड्सको लागि तेस्रो गोल गरे। ८० औँ मिनेटमा श्यामले फ्रेन्ड्सको लागि गोल गर्दै खेललाई ३–१ मा पुर्याए। खेलको इन्ज्युरी समयमा गोल गर्दै फोफानाले जावलाखेलको लागि चौथो गोल गरे।
Facebook Comment
Comment