आगलागीमा परेका भैरवको उपचारको क्रममा मृत्यु

आगलागीमा परेका भैरवको उपचारको क्रममा मृत्यु
फाइल तस्वीर

सुर्खेत। दैलेखको आठबीस नगरपालिका वडा नं. ६ राँता निवासी भैरव विश्वकर्माको भेरी अस्पताल नेपालगञ्जमा गएराति उपचारको क्रममा मृत्यु भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत माल्यापडा सामुदायिक वनमा पैदल मार्ग निर्माण गर्दै गर्दा वनमा लागेको आगोले उनीलगायत १२ जनालाई घेरेको थियो ।

आगोले घेरेपछि भागेर ओढारमा पसेका केही मजदुरलाई समेत आगोको झोंकाले जलाएको थियो भने चारैतिरबाट आगोमा परेका भैरवको भने करिब शतप्रतिशत शरीर नै जलेको थियो ।

चौध वर्ष मुनिका दुई छोरा र दुई छोरीका पिता भैरवलगायत आठ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्जमा रहेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर, उनको भने गएराति नै निधन हुन पुगेको छ ।

घटनामा परेर उनकी भाउजु वसुन्धरा विकसमेत जलेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved