रवि लामिछानेले दिए प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीलाई धन्यवाद

नेपालभ्युज

रवि लामिछानेले दिए प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीलाई धन्यवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।

नक्कली भुटानी शरणार्थी काण्डमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि रविले फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्,  ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

यसअघि आजै विहान स्टाटस लेखेर रविले सरकारले भ्रष्टाचारीलाई पक्राउ गर्न खुट्टा कमाएको भन्दै आपत्ति जनाएका थिए ।

उनले लेखेका थिए, ‘शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो!!! खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको “जगजाहेर तान्डव”लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved