नक्कली भूटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी होः भीम रावल

नेपालभ्युज

नक्कली भूटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी होः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए ।

उनले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ? भन्दै प्रश्न गरे । उनले नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र बिरोधी कुकृत्य भएको बताए । उनले नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताए ।

‘अर्को गृहमन्त्री नक्कली भूटानी शरणार्थी बनाउने, अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने, हाम्रा राज्यका मानिसहरुले यी कुरालाई गम्भीर रुपमा हेर्नुपर्छ । अहिले जुन भूटानी शरणार्थी सम्बन्धी मुद्दा छ, यो केवल ठगी मात्रै होइन, यो मानव बेचबिखन पनि हो, यो राष्ट्र बिरोधी कुकृत्य पनि हो, यो ठगी हो, अनैतिक कार्य हो ‘ उनले भने, ‘त्यसैले संविधानको धारा ५ मा यो कठिन रुपमा राखेका हौँ, कतिपयले मानेका थिएनन् । त्यसमा नेपालको राष्ट्रिय हीतको परिभाषा गरेको छ । राष्ट्रिय हीत विपरितको आचरण र काम संघीय कानूनको निमित्त दण्डनीय हुनेछ भनेको छ ।’

‘हेर्नुस् त संघीय कानून नै ल्याउँदैनन् । किन नल्याएको ? यस्तै आचरणलाई छुट दिनका लागि । नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउने, प्रहरीलाई दबाब दिने, यस्ता गतिविधि भइरहेका छन् भन्ने बाहिर आएको छ’ उनले अगाडि भने,’प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईहरुलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ ।’

नेता रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुलाई सत्य कुराको खण्डनमा उत्रिन चुनौती दिए । ‘अहिले राष्ट्रिय परिचयपत्रको कुरा आयो, रवि लामिछानेको कुरा उठाएपछि गाली गर्ने उहाँका समर्थक हुन् की विरोधी हुन् मलाई थाहा छैन । सत्य कुराको खण्डन गरौँ न तागत छ भने’ उनले भने, ‘उहाँ गृहमन्त्री भएको सात दिनभित्र निजी कम्पनीलाई तपाई हाम्रो सम्पूर्ण विवरण हेर्ने अधिकार दिइयो, एक अर्ब भन्दा बढी रुपैयाँको कारोबार छ, देशका गृहमन्त्री दुई वटा नागरिकता, दुई वटा राहदानी ।’ उनले काँडेतारको साहित्यिक अर्थ नबुझ्ने व्यक्ति सञ्चार मन्त्रालयमा भए तत्काल मन्त्रालय छोड्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved