पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान हिरासतमा

नेपालभ्युज

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान हिरासतमा

इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो । उनको पार्टीको स्रोतले यसबारे जानकारी दिएको छ ।

उनलाई कुन मुद्दामा हिरासतमा लिइएको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ ।

इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर इमरान खानको गाडीलाई रेन्जरले घेरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved