भारतको खरगोनमा खचाखच भरिएको बस पुलबाट खस्दा १५ जनाको मृत्यु

नेपालभ्युज

भारतको खरगोनमा खचाखच भरिएको बस पुलबाट खस्दा १५ जनाको मृत्यु

मध्य प्रदेश। भारतको मध्य प्रदेशको खरगोनमा  एउटा बस पुलको रेलिङ तोडेर खोलामा खस्दा हालसम्म १५ जनाको मृत्यु भएको छ। बस यात्रीले खचाखच भरिएको थियो।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दुर्घटना बिहान ८ बजेर ४० मिनेटमा रेलिङ तोडेर नदीमा खसेको जानकारी दिएका छन् । खोला हाल सुकेको छ। मिश्राले भने, ‘१५ जनाको मृत्यु भएको खबर छ । २०–२५ जना घाइते छन् । सबै घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।’

समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोन बस दुर्घटनामा मारिएकाहरूको परिवारलाई ४–४ लाख र गम्भीर रूपमा घाइतेलाई ५०–५० हजार दिने घोषणा गरेको छ । यस्तै, सामान्यरूपमा घाइतेलाई २५–२५ हजार भारुको आर्थिक सहायता दिने जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved