डालेघाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालभ्युज

डालेघाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर।

पाल्पा । पाल्पा रामपुरमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–५, भम्बक बस्ने ३४ वर्षका गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मङ्गलबार बिहान साढे ७ बजेतिर घरनजिकको काभ्रोको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर कुमाल गम्भीर घाइते भएका थिए । कुमालको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved