जाजरकोटमा चिट चोराउन विद्यार्थीबाट पैसा उठाइयो, केन्द्राध्यक्षलाई ५० हजार बुझाउने योजना

कक्षा १२ को परीक्षा पैसा अगाडी नै विद्यार्थीले परीक्षाको बोर्डको खातामा जम्मा गरिसकेका हुन्छन् । तर लेखापालद्वय सिंह र आरसीले परीक्षाको अघिल्लो दिन हिजो आइतबार पैसा असुल गरेका हुन् ।

जाजरकोटमा चिट चोराउन विद्यार्थीबाट पैसा उठाइयो, केन्द्राध्यक्षलाई ५० हजार बुझाउने योजना
चिट चोराउनकै लागि विद्यार्थीबाट पैसा उठाइँदै ।

सुर्खेत। जाजरकोटको कुशे गाउँपालिकास्थित लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोराउन सजिलो हुन्छ भनेर विद्यार्थीबाट पैसा असुलेको पाइएको छ ।

केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई पैसा घुस खुवाएर चिट चोराउने भन्दै विद्यार्थीबाट पैसा असुल गरिएको हो ।

मङ्गलबारदेखि शुरु भएको कक्षा १२ को प्राबिधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको हो । स्रोतले दिएको जानकारी अनुसार कुशे गाउँपालिकाको जनता माध्यमिक–९ पैकका विद्यार्थीबाट प्रवेश शुल्क लिएवापत एक हजार,  थर्पु माध्यमिक विद्यालय–९ ढिमेका विद्यार्थीबाट दुई हजार पाँच सय र लक्ष्मीप्राप्ती माध्यमिक विद्यालयका विद्यार्थीबाट जनही विद्यार्थी एक हजार रुपैयाँ असुल गरिएको हो ।

लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयका लेखापाल दलबहादुर सिंह र जनता माध्यमिक विद्यालयका लेखापाल दीपेन्द्र आरसीले पैसा लगेको नाम नबताउने सर्तमा एक विद्यार्थीले जानकारी दिए ।

विद्यार्थीबाट प्रवेशशुल्क वापतको उठाएको रकमबाट केन्द्राध्यक्षलाई ५० हजार रकम बुझाउने सर्त राखिएको एक विद्यार्थीले जानकारी दिए ।

कक्षा १२ को परीक्षा पैसा अगाडी नै विद्यार्थीले परीक्षाको बोर्डको खातामा जम्मा गरिसकेका हुन्छन् । तर लेखापालद्वय सिंह र आरसीले परीक्षाको अघिल्लो दिन हिजो आइतबार पैसा असुल गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved