आइजिपी कुँवरको भ्रमण रद्द, एआइजीको नेतृत्वमा टोली अमेरिका प्रस्थान

नेपालभ्युज

आइजिपी  कुँवरको भ्रमण रद्द, एआइजीको नेतृत्वमा टोली अमेरिका प्रस्थान
फाइल फोटो

काठमाडौं । नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ। नेतृत्व विकाससम्बन्धी  कार्यक्रममा सहभागी हुन सोमबार आइजिपी कुँवर अमेरिका प्रस्थान गर्ने कार्यक्रम थियो ।

आइजिपी कुँवरको भ्रमण रद्द भएपछि एआइजी किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो ।

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसी र न्युयोर्कमा यही वैशाख २७ देखि २९ गतेसम्म हुने उक्त कार्यक्रममा भाग लिन सोमबार साँझ एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो ।

अमेरिका प्रस्थान गर्नेमा एआइजी बज्राचार्यसँगै एआइजी सुदीप गिरी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का रहेका छन् ।

अमेरिकामा हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतङ्कवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार, वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा ज्ञान आदानप्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यक्रमबाट नेपाल र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षासमेत लिइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved