अदालतको आदेशले टुकुचालाई ढल होइन खोला नै भनेको छ : मेयर बालेन

नेपालभ्युज

अदालतको आदेशले टुकुचालाई ढल होइन खोला नै भनेको छ : मेयर बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालत पाटनको फैसलाले टुकुचा खोलालाई प्राकृतिक स्वरुपमा खुला कामय गर्ने विकल्पलाई स्पष्ट मान्यता दिएको बताएका छन् ।

बालेनले टुकुचामाथिका संरचना भत्काउन थालेपछि विरोध गर्दै अदालतमा मुद्दा परेको थियो । तर अदालतको फैसलाको पूर्णपाठ पछि मेयर बालेनले अब टुकुचा ढल नभई खोला नै हो भन्ने कुरा प्रमाणित भएको बताएका छन् ।

उनले अब तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved