संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीस नियुक्तिबारे छलफल हुने

नेपालभ्युज

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीस नियुक्तिबारे छलफल हुने
फाइल तश्वीर

काठमाडौं ।  संवैधानिक परिषद्को बैठक आज सोमबार बस्दैछन् । शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएपछि  बैठक बोलाइएको हो ।

बैठक आज सोमबार अपराह्न पाँच बजेका लागि बोलाइएको उक्त बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुनसक्ने सम्भावना रहेको छ ।

यसअघि वैशाखको पहिलो साता बसेको संवैधानिक परिषद्‍को बैठकमा  प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन  ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशको रोलक्रममा छन्।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved