पाकिस्तानमा गोली हानेर ५ जना शिक्षकसहित ८ जनाको हत्या

नेपालभ्युज

पाकिस्तानमा गोली हानेर ५ जना शिक्षकसहित ८ जनाको हत्या

एजेन्सी। उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा गोली हानाहानका दुई छुट्टाछुट्टै घटनामा पाँच शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।

पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीको कार्यालयले   शिक्षकको हत्याको कडा निन्दा गरेको छ।  मृतक सबै शिया तुरी जातिको रहेको बताइएको छ ।

कुर्रम जिल्ला प्रहरी प्रवक्ताका अनुसार शालुजन भन्ने ठाउँमा अज्ञात व्यक्तिले कारमा गोली प्रहार गर्दा एक शिक्षकको मृत्यु भएको हो । अधिकारीका अनुसार यसअघिको घटनाको बदला लिनको लागि हिंसाको अर्को घटना भएको हुनसक्छ ।

स्थानीय शिया संगठनहरूले आक्रमणको निन्दा गर्दै यसलाई शान्ति भंग गर्ने प्रयास भनेका छन्। उनिहरुले अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । यो घटनालाई लिएर त्यहाँ आन्दोलन सुरु भएको छ ।

यस क्षेत्रमा सावधानीका रूपमा इन्टरनेट बन्द गरिएको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ। सहरमा जाने बाटोहरु बन्द गरिएका छन् । आपतकाल घोषणा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved