अमेरिकामा फेरि गोली चल्यो

नेपालभ्युज

अमेरिकामा फेरि गोली चल्यो
प्रतीकात्मक तस्वीर ।

न्युयोर्क। एटलान्टाको मेडिकल सेन्टरको ११औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै, सो घटनामा अन्य चार जना घाइते भएका छन्।

घटनाको विवरण दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको बताएका छन्। गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ ।

एलान्टाको एक औषधि पसलनजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ । उनीहरूको अहिले मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि सीएनएनले उल्लेख गरेको छ।

घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्ड्सम्यान रहेको बुझिएको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved