गल्फ लुब्रिकेन्टको नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न

नेपालभ्युज

गल्फ लुब्रिकेन्टको नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न

काठमाडौं। नेपाल ल्युब आयलले उत्पादन गर्दै आएको ‘गल्फ लुब्रिकेन्ट’ले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । कम्पनीले आफ्नो आधिकारिक बिक्रेता गणपति इन्टरप्राइजेज मार्फत नुवाकोटमा रहेको सागर रिमाल मोटरसाइकल वर्कसपमा उक्त क्याम्प गरेको हो ।

वैशाख १६ देखि १८ सम्म चलेको निःशुल्क सर्भिस क्याम्प नयाँ वर्षलाई लक्षित गरेर संचालन गरिएको थियो । क्याम्पमा सहभागी मोटरसाइकल र स्कुटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रधान गरिएको थियो । सो अफरअन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ सम्मको आकर्षक छुट ग्राहकहरूले पाएका थिए ।

क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जनाएको छ । क्याम्पको बारे प्रतिक्रिया दिँदै वर्कसपका सञ्चालक सागर रिमालले भने, ‘गल्फ लुब्रिकेन्टले नुवाकोटमा पहिलोपटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरूले उत्कृष्ट सर्भिस र आकर्षक अफरबाट फाइदा लिन पाएका छन् । आगामी दिनमा पनि यस्तै क्याम्प सञ्चालन गर्न हामीलाई प्रेरणा मिलेको छ ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटीभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved