उद्योग वाणिज्य महासंघले गर्‍यो उच्चस्तरीय विज्ञ समूह गठन

नेपालभ्युज

उद्योग वाणिज्य महासंघले गर्‍यो उच्चस्तरीय विज्ञ समूह गठन

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ। अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरू संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो।

उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुङ्गाना, अर्थविद्हरू केशव आचार्य, डा.कल्पना खनाल र डा.गणेश गुरुङ रहेका छन्।

विज्ञ समूहको पहिलो बैठक मङ्गलवार महासंघको सचिवालयमा बस्यो। विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुझावलाई प्रभावकारी रूपमा सरकारमा पेस गर्न थप सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले  गरेका छन्।

पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैङ्क र सरकारले निजी क्षेत्रको विश्वास बढाउनु पर्नेमा जोड दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved