‘ए’ डिभिजन लिग : पुलिसले जावलाखेलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : पुलिसले जावलाखेलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार भएको खेलमा पुलिसले जावलाखेलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

पुलिसको लागि मोसेस ग्याबाह र अहमद हिजाजीले गोल गरे भने जावलाखेलको लागि विपिन कँडेलले गोल फर्काए।

खेलको ३५औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। ८८ औं मिनेटमा हिजाजीले पुलिसको लागि दोस्रो गोल गरे। ८९औँ मिनेटमा जावलाखेलको लागि विपिनले गोल गर्दैै खेललाई २–१ मा पुर्याए।

१४ खेलबाट पुलिसले १५ अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ। १४ खेलबाट २४ अंक जोडेको जावलाखेल भने शीर्ष स्थानमा छ। यस्तै, च्यासल रंगशालामा भएको खेलमा थ्री स्टार क्लब र एफसी खुमलटारबीचको खेल २–२ गोलको बराबरीमा सकियो।

थ्री स्टारको लागि लाकेन लिम्बू र आदित्य शाक्यले गोल गरे । खुमलटारको लागि मेसुके ओलुमोउ र सिमर बिनोङले गोल फर्काए।

खेलको चौंथो मिनेटमा लाकेनले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्यूरी समयमा खुमलटारको लागि मेसुकेले गोल गर्दै खेललाई १–१ गोलको बराबरमिा पुर्‍याए।

५० औँ मिनेटमा समिरले खुमलटारको लागि दोस्रो गोल गरे। ६७ औँ मिनेटमा आदित्यले पेनाल्टीमा थ्री स्टारको लागि दोस्रो गोल गर्दैँ खेललाई २–२ मा पुर्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved