आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या

नेपालभ्युज

आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या
साङ्केतिक तस्वीर ।

गया ।  विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् । जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् । छिमेकीरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् नै भएको बताएका छन् । घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ । मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ ।  एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved