दुई सरकारी बैंक मर्ज हुँदै

नेपालभ्युज

दुई सरकारी बैंक मर्ज हुँदै

काठमाडौं। दुई सरकारी बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड मर्ज हुने भएका छन्। यी दुई बैंक मर्जरको लागि कार्यदल गठन भएको छ। अर्थ मन्त्रालयले दुई बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन गरेको हो। कार्यदलले दुई बैंकको मर्जर सम्बन्धमा अध्ययन विश्लेषण गर्नेछ।

कार्यदलको संयोजक मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराललाई तोकिएको छ। निजी क्षेत्रका बैंकहरू धमाधम मर्ज हुन थालेको र सोहीअनुसार पूँजी वृद्धि भएको सन्दर्भमा सरकारी बैंकबीच पनि मर्जरको तयारी सुरु भएको हो।

नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। वाणिज्य बैंकको चुक्ता पुँजी भने १५ अर्ब ६३ करोड रहेको छ । दुई बैंकको बीचमा १ अर्बको पुँजी फरक छ।

नेपाल बैंकले आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ।

यसैगरी, वाणिज्य बैंकले चैत मसान्तसम्ममा ३ खर्ब २ अर्ब निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकका खराब कर्जा ३.८८ प्रतिशत रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved