हिमा गाउँपालिकाका पूर्वअध्यक्ष शाहीको निधन

जुम्लाको हिमा गाउँपालिकाका पूर्वअध्यक्ष रजबहादुर शाहीको निधन भएको छ। उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बिहीबार बिहान निधन भएको हो।

नेपालभ्युज

हिमा गाउँपालिकाका पूर्वअध्यक्ष शाहीको निधन

सुर्खेत। जुम्लाको हिमा गाउँपालिकाका पूर्वअध्यक्ष रजबहादुर शाहीको निधन भएको छ। उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बिहीबार बिहान निधन भएको हो।

हिमा गाउँपालिका– ६ महावैपाथरखोला निवासी शाहीले पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रीय वैकल्पिक सदस्य लक्ष्मीकन्या बुढाका अनुसार उपचारको क्रममा नेपालगन्जस्थित कोहलपुर अस्पतालमा निधन भएको बताइन्।

दुई साताअघि पार्टीकै कार्यक्रममा सक्रिय रहेका माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य नेता शाही बिरामी भएपछि अस्पतालमा भर्ना भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved