‘ए’ डिभिजन लिग : एनआरटीले थ्री स्टारलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एनआरटीले थ्री स्टारलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्यू रोड टिम एनआरटीले थ्री स्टार क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा एनआरटीले थ्री स्टारलाई १–० गोलअन्तरले पराजित गरेको हो।

एनआरटीको लागि सन्जिब बिस्टले गोल गरे। खेलको ३७ औँ मिनेटमा सन्जिबले एनआरटीको लागि गरेको गोल नै निर्णायक बन्यो।

यससँगै एनआरटी १३ खेलबाट १६ अंक जोड्दै ८ औँ स्थानमा छ। १३ खेलबाट २२ अंकसहित थ्री स्टार भने दोस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved