शपथ ग्रहणपछि रविले भने- ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छौँ’

प्रतिनिधि सभा सदस्य (सांसद) समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । 

नेपालभ्युज

शपथ ग्रहणपछि रविले भने- ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छौँ’

काठमाडौं । प्रतिनिधि सभा सदस्य (सांसद) समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

शुक्रबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि पत्रकारहरूसँग उनले भनेका छन्, “सरकारमा जानेभन्दा बढी सम्भावनाचाहिँ दिएको समर्थन फिर्ता लिनेको छ ।”

अगाडि उनले भने, “केही थान सांसद दिएर जनताले रास्वपालाई संसद्‌मा पठाएको छैन । एउटा म्यान्डेड दिएर पठाएको हो ।तर, न्यूनतम साझा कार्यक्रममा राखिएका हाम्रा बुँदाहरू हटाइएको छ । स्वर्णिमजी र मेरो क्षेत्रमा हेलिकोप्टरबाट ठूला दलका नेताहरू आएर मन्त्री पद बाँड्ने काम भयो । हामीसँग धेरै असन्तुष्टिहरू छन् । हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ ।”

उनले यी सबै विषयबारे गम्भीर समीक्षा गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved