भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- ‘इमान्दार र पारदर्शी भएर काम गर्नू’

नेपालभ्युज

भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- ‘इमान्दार र पारदर्शी भएर काम गर्नू’

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्।

आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने, ‘तपाईहरू राज्यको राजस्व संकलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ। कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरूपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिंदैनौं, मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नुभएको छ र आगामी दिनमा झन् राम्रो गर्नु हुनेछ।’

मन्त्री डा. महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने पनि स्पष्ट गरे। उनको भनाइ थियो-कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रूपमा पूरा गर्नुहुनेछ।

उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए। तर, राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए।

मन्त्री डा. महतले भने, ‘समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौं, नियमकानुन अनुसार काम गरौं। हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved