काठमाडौं। ओमान एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गरेको हो।
३६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबिया ४६.५ ओभरमा २९४ रनमा अलआउट भएको हो। साउदी अरेबियाको लागि अब्दुल वाहिदले ९५ र साद खानले ७८ रन बनाए। अब्दुलले ३९ बलमा १० चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। सादले भने ५७ बलमा ७ चौका र प्रहार गर्दै अर्धशतक बनाए। ओमानको लागि भने बिलाल खानले ४, जय ओडेद्राले ३, जिशान मक्सुदले २ तथा अयान खानले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको ओमानले पूरै ओभरमा ६ विकेटको क्षतिमा ३६६ रन बनाएको हो। ओमानका लागि जतिन्दर सिंहले ७९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ८८ रनको योगदान गरे। यस्तै, मोहम्मद नदीमले अविजित ७१ र सोएब खानले ६८ रन बनाए। जिशान मक्सुद ५४ र कश्यप प्रजापतिले ५१ रन जोडे।
साउदी अरेबियाका लागि भने आतिफ–उर–रहमानले ३, अब्दुल वहिदले २, तथा अब्दुल वहिदले १ विकेट लिए।
Facebook Comment
Comment